पोखरा । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखरामा क्याफे र ग्यालरीको सुरुवात गरेका छ ।
उद्घाटन गरिएको उक्त क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल तथा यात्रुहरूका लागि भेटघाट गर्ने हबको रुपमा रहेको छ ।
पोखराको लेकसाइड रोडमा अवस्थित, भर्खरै खोलिएको एसजे मोटो हिमालयन जाभा क्याफेले मोटरसाइकल र कफीप्रतिको प्रेमलाई परिभाषित गरेको छ ।
सजे मोटाका संस्थापक सौरभ ज्योतिले भने ‘हामी दुवै मोटरसाइकलको र कफीको न्यानोपनलाई यो ठाउँमा ल्याएर खुशी छौं ।
यात्रु र बाइकरहरूको लागि प्रमुख गन्तव्य भएको पोखरा रमाईलो स्थान होे ।
अप्रिल ५, २०२५ मा बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म आयोजित उद्घाटन कार्यक्रम सफल रहेकोमा कम्पनी विश्वस्त छ ।
FACEBOOK COMMENTS