काठमाडौं । साउदी अरबका प्रसिद्ध ‘स्लिपिङ प्रिन्स’ खालिद बिन तलाल अल–साउदको ३६ वर्षको उमेरमा निधन भएको छ ।
विगत २० वर्षदेखि कोमामा रहेका राजकुमार अल–वलीदको शनिबार मृत्यु भएको हो । उनको परिवारले उनको मृत्युको बारेमा जानकारी दिएको छ ।
लन्डनमा कार दुर्घटनापछि राजकुमार खालिद विगत २० वर्षदेखि कोमामा थिए । उनका बुबा राजकुमार खालिद बिन तलाल बिन अब्दुल अजीजले उनको मृत्यु बारे जानकारी दिएका छन् ।
राजकुमार अल–वलीद २००५ मा लन्डनको एक सैन्य कलेजमा अध्ययनरत थिए, त्यस क्रममा एक भयानक कार दुर्घटना पछि उनको मस्तिष्क रक्तस्राव भयो । त्यतिबेला उनी केवल १५ वर्षका थिए । दुर्घटना पछि, उनलाई रियादको किङ अब्दुल अजिज मेडिकल सिटी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनी कोमामा रहे । राजकुमारलाई निरन्तर चिकित्सा पर्यवेक्षणमा भेन्टिलेटरमा राखिएको थियो ।
राजकुमारको अर्बपति शाही परिवारले उनको उपचार गर्न विश्वभरका धेरै विशेषज्ञहरूलाई बोलाए, तर उनी कहिल्यै पुनर्जीवित हुन सकेनन् । उनका बुबा राजकुमार खालिदले २० वर्षसम्म आफ्नो छोराको हेरचाह गरिरहे र सधैं जीवन समर्थन प्रणाली हटाउने विरोध गरे ।
राजकुमार अल–वलीदको शरीरले केही सामान्य प्रतिक्रियाहरू दिएका थिए तर उनको अवस्था अन्त्यसम्म गम्भीर रह्यो ।
FACEBOOK COMMENTS