काठमाडौँ। स्लाइसको बोतलमा कालो लेदो भेटिएपछि काठमाडौं महानगरले वरुण वेभरेजलाई २ लाख जरिवाना गरेको छ।
उपभोक्ताको गुनासो आएपछि कालीमाटीमा विक्री हुँदै गरेको स्लाइसको बोतलमा कालो लेदो भेटिएको महानगरको कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा। अवधेश झाले जानकारी दिए।
अनुगमन टोली वेभरेजको कार्यालय पेप्सीकोला पुगी त्यहाँका अधिकारीहरूसँग बन्द स्लाइसको बोतलमा भेटिएको कालो पदार्थ देखाएर यसको गुण र अवस्थाका विषयमा प्रश्न गर्दा जवाफ पाउन नसकेपछि जरिवाना गरिएको हो।
यससँगै टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रासायनिक र भौतिक गुणस्तर परीक्षण गर्न, यस लटमा उत्पादन भइसकेको पेय पदार्थ फिर्ता ल्याउनलगायत निर्देशन दिएको छ।
FACEBOOK COMMENTS