काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले रेडमी बड्स एट लाइट नेपालमा सार्वजनिक गरेको छ । यसमा डुअल माइक्रोफोनसहित एआई इएनसी, उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्रीको सुविधा छ ।
यसको डिजाइन सहज र आरामदायी भएकाले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । साथै, स्मार्ट ट्याप कन्ट्रोल भएकाले कल, संगीत र अन्य कामहरू सजिलै गर्न सकिने कम्पनीले जनाएको छ ।
यसमा एक्टिभ न्वाइज क्यान्सलेसन र विन्ड न्वाइज घटाउने सुविधा समेत छ । यसले मेट्रोको आवाज, एसीको आवाज तथा बाहिरको हावाको आवाजजस्ता कम फ्रिक्वेन्सीका ध्वनिहरूलाई कम गर्छ ।
यसमा १२.४ एमएम टाइटानियम डायाफ्राम भएको ड्राइभर प्रयोग गरिएको छ, जसले गहिरो र स्पष्ट ध्वनि प्रदान गर्छ । यसले संगीत वा पोडकास्ट सुन्दा प्रयोगकर्तालाई आनन्द आउने खालको हुन्छ ।