काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले साधारण मिटरलाई हटाई स्मार्ट मिटर जोड्ने काम ३ महिनाभित्र पहिलो चरणमा सक्ने बताएको छ ।
नेपाल विद्युत प्राधिकरणका उपप्रवन्धक रवीन्द्र श्रेष्ठका अनुसार यसले ग्राहकलाई मिटर रिडर आउने दिन कुर्नुपरेन, महीना पुरा भएपछि डाटा सेन्टरबाट आफैं मिटर रिडिङ भएर विल हिसाव गरेपछि सोझै ग्राहकको मोबाइलमा मेसेज जान्छ,आफ्नो घरमा भइरहेको विद्युत खपत र बिलको विस्तृत विवरण हेर्न मिल्ने गरी मोबाइल एप समेत तयार गर्न लागिएको श्रेष्ठले बताए ।
उनका अनुसार ग्राहकले अनाधिकृत रुपमा मिटरको कभर निकल्न खोजे कन्ट्रोल रुपममा ‘आल्राम’ बज्ने गरी प्रणाली जडान भएको छ । विद्युत चोरी, मिटर टेम्परिङ, स्वीकृतभन्दा बढी लोड खपत भएका डाटा सेन्टरमा सोझै सूचना प्राप्त हुनेछ ।
समयमै बिल भुक्तानी नभए वितरण केन्द्रले कम्प्युटरबाट लाइन काट्न सक्छ । पछिल्लो सयममा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रले लाइन काट्ने काम आफ्नो डिजिटल प्रणालीबाटै गरिरहेको छ ।
‘भुक्तानी भएपछि तुरुन्त लाइन जोड्न समेत फिल्डमा कुनै कर्मचारी पठाउनु पर्दैन,’ श्रेष्ठले भने । स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने प्राधिकरणको प्रक्षेपण छ ।
FACEBOOK COMMENTS