विर्तामोड । एसएमएल इसुजु सवारीसाधनहरूको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले झापाको विर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुका बस तथा ट्रकहरूको सेल्स, सर्भिस र स्पेयर पार्टस एकै ठाँउमा उपलब्ध गराउँदै आएको छ ।
नेपाली भू–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल इसुजुका सवारीसाधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको छ । नेपालको सन्दर्भमा विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्राण्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्न सफल भएको छ ।
कार्यक्रममा १५० भन्दा बढी विभिन्न क्षेत्रका उद्यमीहरू सहभागी भएका थिए ।
कार्यक्रमको सुरूआतमा लक्ष्मी ग्रुप र एसएमएल इसुजुको कम्पनी विवरण प्रस्तुत गरिएको थियो । त्यसपछि लक्ष्मी कमर्शियल भेहिकल्सका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल इसुजु सवारीसाधनहरूको प्रविधिक विशेषता र क्षमताबारे जानकारी गराए ।
सेल्स तथा आफ्टर सेल्स हेड सञ्जय खड्काले कम्पनीको सेवा विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित रहँदै ग्राहकहरूप्रति सदैव प्रतिबद्ध रहेको बताए । उनले ग्राहक सुझावहरूलाई उच्च प्राथमिकतामा राखी आगामी दिनमा अझ उत्कृष्ट सेवा पुर्याउने प्रतिबद्धता जनाए ।
ग्राहक सन्तुष्टि र दीर्घकालीन साझेदारीको उद्देश्यले आयोजित उक्त कार्यक्रमले झापा क्षेत्रको सन्दर्भमा एसएमएल इसुजु ब्राण्डप्रति विश्वास अझ सुदृढ भएको कम्पनीले जनाएको छ । भविष्यमा पनि यस्ता ग्राहकमुखी कार्यक्रममार्फत ग्राहकहरूलाई एसएमएल इसुजुको गुणस्तर, सेवा र बिक्रीपछिको सेवाको बारेमा जानकारी गराइँदै जाने लक्ष्मी कमर्शियल भेहिकल्सको योजना रहेको छ ।
FACEBOOK COMMENTS