काठमाडौं । बालेन्द्र शाह नेतृत्वको आज बन्ने मन्त्रीपरिषदमा दुईचोटी प्रत्यक्ष चुनाव जितेकी सोबिता गौतम कानुनमन्त्री बन्ने भएकी छन् ।
२१ फागुनमा सम्पन्न चुनावमा चितवन क्षेत्र नम्बर ३ तथा गत चुनावमा काठमाडौं क्षेत्र नम्बर २ बाट सांसद भएकी गौतम कानुनमन्त्री बन्ने पक्का भएको हो ।
कानुनकी विद्यार्थी गौतमले चितवनको चुनावमा जानु भन्दा अगाडि पनि कानुनको स्तानकोत्तरको परिक्षा दिएकी छन् ।
उनले त्यसभन्दा अगाडि इजाजतप्राप्त अधिवक्ताको अभ्यास गरिरहेकी थिइन् ।
कानुनको उच्च अध्ययन तथा वकालतको अभ्यास भएकी गौतम कानुनमन्त्री बन्ने पक्का भएको रास्वपा स्रोतले उल्लेख गरेको छ ।

FACEBOOK COMMENTS