काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आगामी चैत ५ गते निर्वाचन गर्ने भएको छ ।
त्रिवि विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु चुनाव चैत ५ गते गर्ने निर्णय गरेको हो । अब उक्त मिति त्रिवि कार्यकारी परिषद् बैठकले अनुमोदन गर्नेछ । शुक्रबार बस्ने त्रिवि कार्यकारी परिषद् बैठकको अनुमोदनपछि त्रिविले स्ववियु कार्यतालिका सार्वजनिक हुनेछ ।
यसअघि चैत २८ गते गर्ने गरी सहमति भएको बताइएको छ । तर, लगातार ३४ दिन विदा भएको ५ गते गर्ने गरी सिफारिस गरेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ।
FACEBOOK COMMENTS