काठमाडौं । प्रि-सिजन टुरअन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ।
बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २-१ को जित निकालेकाे हाे। उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइंगाले समान एक-एक गोल गरे। घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए।
मेसीले खेलकाे ३२ औँ मिनेटमा गाेल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। ५८ औँ मिनेटमा मुइंगाले पिएसजीकाे अग्रता दाेब्बर पारे। ८४ औँ मिनेटमा यामामुराले पिएसजीविरुद्ध गाेल गरे पनि हार टार्न सकेनन्।
प्रि-सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो। यसअघि पिएसजीले फ्रान्सेली क्लब क्विभिलीमाथि २-० को जित निकालेको थियो।
              
              
              
              		              
FACEBOOK COMMENTS