काठमाडौं । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ ।
प्ले स्टोरको फ्रि एपको सूचीमा भाइबर शिर्ष स्थानमा आएको हो । यस अघि भाइबर शिर्ष ५० मा पनि थिएन ।
म्यासेन्जर, ह्वाट्सएपसहित २६ सामाजिक सञ्जाल क्रमश: बन्द हुदै गएपछि पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले विशेष गरि भिडियो कुराकानीका लागि भाइबर धेरै डाउनलोड गरेपछि शिर्ष स्थानमा आएको हो ।
एन्ड्रोइडको फ्री एपको सूचीमा भाइबरपछि च्याटजिपिटी दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा इमो, कल एप, ह्वाट्सएप, क्यापकट क्रमश तेस्रो चौथो, पाँचौं र छैटौं स्थानमा रहेका छन् ।
त्यस्तै नेपालमा दर्ता रहेको टिकटक फ्री एप सूचीमा सातौं स्थानमा छ भने राइड सेयर एप यांगो आठौँ स्थानमा छ । त्यसैगरी म्यासेन्जर नवौं र इन्स्टाग्राम दशौँ स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS