पाेखरा । सोसाईटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) समाजको पाँचौ राष्ट्रिय सम्मेलन यहि असोज २८ र २९ गते (अक्टोबर १४ र १५) पोखराको होटल ग्रान्डमा भव्यरुपमा सम्पन्न भएको छ । देश विदेशबाट ३८७ जना सहभागीले दर्ता गरेको मध्ये ३३७ जना सहभागीले उक्त सम्मेलनमा प्रत्यक्ष भाग लिएका थिए।
देशकै बरिष्ठ फिजिसियन चिकित्सकहरू डा. सन्जिब ढुंगेल, डा. यादव भट्ट, डा.उग्र नारायण पाठक, डा. जनक कोइराला, डा. राजेन्द्र कोजू, डा. संजय लाखे, डा. सुभासप्रसाद आचार्य लगायत पोखराबाट डा. तारा कोइराला, डा. सुरेश थापा, डा. अमृत के. सी., डा.शंकर बराल; डा.रामचन्द्र काफ्ले तथा बेलायत, भारत, बङ्गलादेश, माल्दिभ्स लगायतका देशबाट सहभागी सहित ५० विभिन्न चिकित्सकहरूले कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।
पोखरामा तेश्रो पटक भएको साइमनको राष्ट्रिय सम्मेलनका मुख्य स्थानीय आयोजक मणिपाल शिक्षण अस्पताल, पोखराका प्रा. डा. अभिषेक मास्के; केन्द्रिय आयोजक समितिका प्रमुख शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाडौंका मुटुरोग बिशेषज्ञ तथा समाजका सभापति डा. अरुण मास्के प्रमुख प्राबिधिक विशेषज्ञ चितवन मेडिकल | कलेज, भरतपुरका प्रा.डा. शितल अधिकारी; तथा स्थानीय सल्लाहकारहरूमा पोखराका बरिष्ट चिकित्सकहरू डा. बुद्दिबहादुर थापा, डा.बसन्त ताम्राकार, डा. गोपी हिराचन तथा डा.मुकुन्द आचार्य रहेका थिए ।
सम्मेलनको उद्घाटन असोज २८ गते साँझ ५ बजे | पोखराका शिक्षाविद जर्ज जोनले गरेका थिए। सम्मेलनको अघिल्लो दिन असोज २७ गते बेलायतका चिकित्सकहरूले बिभिन्न स्वस्थ्यकर्मीहरूलाई अस्पतालमा उपचार गर्दा गर्दै अकस्मात स्थिति बिग्रेको अवस्थामा कसरी उपचार गर्ने भनेर तालिम दिएका थिए।
पोखराका बरिष्ठ चिकित्सकहरू डा. बुद्दिबहादुर थापा र डा. बसन्त ताम्राकारले सम्मेलनमा प्रस्तत भएका टर्ड उत्कष्ट लघ अनसन्धानका विजेताहरू डा. चन्द्रमणि अधिकारी तथा डा. पुकार घिमिरे लाई जनही पच्चीस हज्जार रुपैंयाको नगद पुरस्कारबाट सम्मान गरे।
सम्मेलनको अवसरमा असोज २८ गते सम्पन्न समाजको वार्षिक साधारण शभामा नियमित एजेन्डा बाहेक देशका सातै प्रदेशमा प्रादेशिक च्याप्टरहरू स्थापना गर्ने बिशेष प्रस्ताब समेत पारित गरिएको थियो।
सम्मेलनको अभूतपूर्व सफलताबाट उत्साहित भएको र आगामी बर्ष काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने जानकारी दिए।
FACEBOOK COMMENTS