काठमाडौं । सोफा हब काठमाडाैंले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको ‘उत्सवको बहार, हरेकलाई उपहार’ धमाकेदार अफर योजनाका विजेता घोषणा गरेको छ ।
योजनाअन्तर्गत कम्पनीले लक्की ड्रमार्फत बिहीबार एक कार्यक्रम गर्दै आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी तीन जनालाई युरोप (बाकु) टुर प्याकेज पुरस्कार विजेताको घोषणा गरेको हो ।
यस योजनाअन्तर्गत सोफा हबमा सोफा तथा फर्निचर खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा लक्की ड्रबाट विजेता घोषणाअनुसार चितवनका भूमेश्वर ढकाल, काठमाडौंकी निर्मला कार्की, पोखराकी निर्मला पहाडी विजेता भका छन् । वैकल्पिक विजेता चितवनकी सोममाया गुरूङ बनेकी छन् ।
उक्त अवसरमा सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई बधाई एवं योजनामा सहभागीहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफूलगायत कम्पनीलाई नै हर्षित बनाएको बताए ।
साथै उनले आगामी दिनहरूमा सोफा हब काठमाडौले विभिन्न सुविधासहितका ग्राहकमुखी योजनाहरू लिएर आइरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
ग्राहकको रोजाइको केन्द्र बन्दै आएको सोफा हब काठमाडौंले दक्ष कामदार र गुणस्तरीय सामान प्रयोग गरी ग्राहकको मागलाई मध्यनजर गर्दै सामाखुसी रेडनस्थित कोइराला मार्ट, कलंकी, गोठाटार हाइट, पोखरा, नेपालगञ्ज, चितवनको लंकुमा हरेक किसिमका सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ ।
५ देखि १० वर्षसम्म वारेन्टीसमेत दिएको सोफा हबले ग्राहकको घरसम्म निःशुल्क डेलिभरीसमेत प्रदान गर्दै आएको छ । घरायसी तथा कार्यालयीय प्रयोजनका फर्निचरका सामान ग्राहकहरूले सिधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्थासमेत रहेको छ । कम्पनीले २०० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगार दिएको छ ।
FACEBOOK COMMENTS