कठामाडौं । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले सोकोन ‘ईसी–३६’ इलेक्ट्रिक यात्रु भ्यान नेपाली बजारमा भित्र्याएको छ ।
एमएडब्लू ग्रुप अफ कम्पनीजका अध्यक्ष विष्णु अग्रवाल, नेपाली चलचित्रका नायक राजेश हमाल र एमएडब्लू वृद्धिका कमर्सियल भेहिकलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा सो गाडी सार्वजनिक गरे । साथै उक्त गाडी पहिलो बुक गर्ने ४१ जनालाई चाबी पनि हस्तान्तरण गरिएको छ ।
सन् १९८६ मा स्थापित सोकोन दक्षिणपश्चिम चीनको सबैभन्दा ठूलो निजी अटो कम्पनीले उत्पादन गरेको यो भ्यानको मूल्य नेपालमा ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
ईसी–३६ व्यावहारिकतामा सम्झौता नगरी दिगो भविष्यलाई अँगाल्ने व्यवसायहरूको लागि उत्तम विकल्प भएको एमएडब्लूले बताएको छ । यो भ्यानले असाधारण प्रदर्शन, व्यापक ठाउँ र कम सञ्चालन लागत प्रदान गर्ने कम्पनीको दाबी छ ।
हेर्नुहोस् तस्बिहरहरू–
FACEBOOK COMMENTS