काठमाडौं । सोल्टी होटलको सेयर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात यसको मूल्य ४ सय ८२ रुपैयाँ ८६ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बिहीबार कारोबार खुला हुनेछ ।
यस कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र २६ दशमलव ५७८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS