काठमाडौँ । सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको आँकडा पार गरेका छन् ।
ओमानविरुद्धको खेलमा आज २ विकेट लिएसँगै उनको विकेट संख्या ५० पुगेको हो ।
५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।