सोपान फर्मास्युटिकल्सको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त
कर्पोरट खबर
10:06 am, बिहीबार, साउन १४, २०८३
- सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राजिव कुमार शर्मा नियुक्त भएका छन्।
- संचालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजिव कुमार शर्मा नियुक्त भएका छन् ।
कम्पनीको साउन १३ गते बुधबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा राजीव कुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएको हो ।