काठमाडौं । संजय न्यौपानेको लगानीमा फिल्म ‘रक्तबीज’ बन्ने घोषणा भएको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्माणटिमले फिल्म निर्माणको घोषणा गरेको हो ।
यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । अभिनेता खरेलले निर्माता न्यौपानेको पहिलो फिल्म ‘प्रेम दिवस’बाट अभिनयमा डेब्यु गरेका थिए ।
संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको छ । डार्क एक्सन जनरामा निर्माण हुने फिल्ममा एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ ।
मुख्य अभिनेत्रीसहित केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ । फिल्मको सुटिङ अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।
फिल्मको छायाङ्कन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ । यस फिल्मलाई सौरभ लामाले खिच्नेछन् ।
FACEBOOK COMMENTS