पर्सा । पर्साको बीरगन्ज महानगरपालिका– १६ भन्सार मेनगेटबाट श्रोत नखुलेको ९ लाख रुपैयाँ सहित एक ब्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा सीमा सुरक्षा गुल्म पर्सा बीरगंजले भारतबाट नेपालतर्फ आउदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाईकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित सोही महानगरपालिका–८ बस्ने ४४ बर्षिय अनिल कुमार शाहलाई नियन्त्रणमा लिएको हो ।
निजको साथबाट नेपाली रुपैयाँ १ हजार दरको ९ सय थान बरामद भएको छ । नियन्त्रणमा लिइएका ब्यक्तिलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगन्जमा बुझाइएको छ ।
FACEBOOK COMMENTS