काठमाडौं । नेपाल प्रहरीले सौर्य एअरलाइन्सको जहाज दुर्घटनास्थलबाट चार जनाको जीवीतै उद्धार गरेको जानकारी दिएको छ ।
उसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएको जानकारी अनुसार जहाजमा क्याप्टेनसहित १९ जना यात्रु सहवार थिए ।
त्यसमध्ये क्याप्टेन मनिष शाक्यसहित चार जनाको जीवीतै उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये क्याप्टेन शाक्यलाई केएमसी अस्पताल पठाइएको छ भने बाँकी तीन जना घाइतेलाई शिक्षण अस्पताल महारागञ्ज (टिचिङ) पठाइएको छ ।
बाँकी १५ जनाको भने निधन भएको पुष्टि प्रहरीले गरेको छ । मृतकको शव पनि टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यद्यपि, नागरिक उड्डयन प्राधिकरणले भने क्याप्टेन मनिष शाक्यबाहेक सबैको निधन भइसकेको पुष्टि गरिसकेको छ ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एअरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
FACEBOOK COMMENTS