चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चितवन–३ मा उम्मेदवार रहेकी सोविता गौतम विवादमा परेकी छन् ।
गौतमले आदिवासी जनजाति समुदायप्रति विवादित अभियक्ति दिएपछि उनको आलोचना भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
सोविताले चुनावी सम्बोधनका क्रममा आदिवासी जनजाति पैसामा बिक्ने भन्दै अभिव्यक्ति दिएपछि उनको सो अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ । उनले चितवनमा आफ्नो सम्बोधनका क्रममा वीर, इमानदार र सचेत आदिवासी समुदायलाई ‘पैसाले किन्न सकिने’ र ‘बिक्न सक्ने वर्ग’ भन्दै टिप्पणी गरेकी थिइन् । महासंघको चितवन परिषदले गौतमलाई आफ्नो अभिव्यक्तिप्रति माफिउ माग्न आग्रह गर्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

FACEBOOK COMMENTS