काठमाडौं । आम निर्वाचनको मौन अवधि सुरु भएपछि रास्वपा नेतृ तथा चितवन–३ कि उम्मेदवार सोविता गौतमको एउटा पुरानो अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न गरिएको छ । उनले ‘आदिवासी–जनजाति समूदाय पैसामा बिक्छन्’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै एउटा तप्काबाट सामाजिक सञ्जालमा विवाद निकालिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् चितवनको लेटरहेडमा एक विज्ञप्ति जारी गर्दै सोविता गौतममाथि गम्भीर आक्षेप लगाइएको छ । उक्त विज्ञप्ति सेयर गर्दै विशेषगरी नेकपानिकट व्यक्ति र मिडियाहरुले सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहेका छन् ।
परिषदका अध्यक्ष सागर कुमालको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सम्वोधनका क्रममा उम्मेदवार गौतमले यस क्षेत्रका वीर, इमानदार र सचेत आदिवासी समुदायलाई पैसाले किन्न सकिने र बिक्न सक्ने वर्ग भनि जुन निकृष्ट टिप्पणी गर्नुभएको छ, त्यसले वर्षौंदेखि आफ्नो पहिचान, स्वाभिमान र अधिकारका लागि संघर्षरत आदिवासी जनजाति समुदायको मानमर्दन मात्र गरेको छैन, हाम्रो राजनीतिक चेतना र विवेकमाथि समेत गम्भीर प्रहार गरेको छ । गुरुङ र थारु समुदायलाई सोझो र पैसामा बिक्ने भनि बर्गिकृत गर्नुले उम्मेदवारको संकीर्ण र नश्लवासी सोचलाई उजागर गरेको छ ।’
FACEBOOK COMMENTS