काठमाडौं । एक्सिओम मिशन–४ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रक्षेपण गरिएको छ । भारतीय अन्तरिक्षयात्री शुभांशु शुक्लासहित अन्य तीन अन्तरिक्षयात्री पनि अन्तरिक्ष स्टेशन जाँदै छन् । शुभांशु शुक्ला यस मिशनका पाइलट हुन् ।
यो मिशन फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार प्रक्षेपण गरिएको हो । सबै अन्तरिक्ष यात्रीहरूले स्पेसएक्सको फाल्कन–९ रकेटमा जोडिएको ड्र्यागन क्याप्सुलमा उडान भरेका छन् । ड्र्यागन अन्तरिक्षयान जुन २६ मा दिउँसो ४ः३० बजे लगभग २८.५ घण्टा पछि आईएसएसमा जडान हुनेछ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र भारतीय एजेन्सी इसरोबीचको सम्झौताअन्तर्गत भारतीय वायु सेनाका समूह क्याप्टेन शुभांशु शुक्लालाई यस मिशनका लागि छनोट गरिएको थियो । शुभांशु अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जाने पहिलो र अन्तरिक्षमा जाने दोस्रो भारतीय हुने छन् । ४१ वर्षपहिले राकेश शर्माले १९८४ मा सोभियत सङ्घको अन्तरिक्षयानमा अन्तरिक्षयात्रा गरेका थिए ।
एक्सिओम–४ मिशनको प्रक्षेपण यसअघि पटक–पटक रद्द भएको थियो । यसअघि यो मिशन सुरूमा मे २९ मा प्रक्षेपण गर्ने तालिका थियो तर पटक–पटक यो मिति सर्दै आज प्रक्षेपण गरिएको छ ।
FACEBOOK COMMENTS