काठमाडौंं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा जुटेका सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल सुरू गरेका छन् ।
प्रतिनिधिसभा पुनस्र्थापनाको माग लिएर अदालत जाने पक्षमा देखिएका सभामुख घिमिरेले संसद् पुनस्र्थापनाका विषयमा दलहरूसँग छलफल सुरू गरेका छन् ।
घिमिरेले छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका थिए । रास्वपालगायत केही दलका प्रतिनिधि छलफलमा सहभागी भएका छैनन् ।
राष्ट्रिय जनर्मोचा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र आमजनता पार्टीलाई भने बोलाइएको छैन । प्रतिनिधिसभा विघटन हुनुअघिका प्रमुख सचेतकहरूलाई सभामुखले बोलाएका हुन् ।
संसद् पुनस्र्थापनाको माग लिएर सभामुख सर्वोच्च जानुपर्छ कि पर्दैन भन्ने विषयमा छलफल सुरु भएको छ । सभामुख घिमिरेले दलहरूलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका थिए ।
FACEBOOK COMMENTS