काठमाडौं । नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगिता पहाडीसँग विशेष अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
आज न्यायाधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले पहाडीसँग २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नेपाल टेलिकमको बिलिङ सम्बन्धी वार्षिक मर्मतसम्भार ठेक्का (एएमसी)का क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले जेठ २४ गते तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले १८ जना विरुद्ध ३३ करोड ४८ लाख रुपैंया विगो मागदावी गरेको थियो ।
FACEBOOK COMMENTS