काठमाडौँ । कुमारी बैङ्कका ग्राहकले काठमाडौँको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकको विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् । दुई पक्षबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा बैङ्कका ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, एमआरआई, एक्स-रे, मेम्मोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डोप्लर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल ओर्थोपेन्टोमोग्राम (ओपीजी) र कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिइनेछ ।
२३ वर्षको बैङ्किङ इतिहास रहेको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैङ्किङ इकाइहरूमार्फत सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS