काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सुरू भएको छ ।
केहि समय अघि शुरु भएको बन्दसत्रले विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ ध्वनि मतले पारित गरिएको छ ।
कार्यविधिमा बन्दसत्रले के के गर्ने भन्ने कार्यसूची तय गरिएको छ । जसमा बन्दसत्रमा पेश हुने प्रस्ताव, नेतृत्व चयन र विधान संशोधनका विषय राखिएको छ ।
बन्द सत्रको अध्यक्षता काठमाडौं–५ का जेष्ट महाधिवेशन प्रतिनिधि ८८ बर्षिय श्यामबहादुर खड्काले गरेका छन् ।
अहिले बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गरिरहेका छन् भने यस पछि अर्का महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गर्ने छन् ।

FACEBOOK COMMENTS