काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेका छन् ।
विशेष महाधिवेशन आयोजकहरुले अहिलेसम्म ६२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरेको जानकारी दिएका छन् ।
नेपाली काँग्रेसका कुल ४७ सय ३४ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
आज उद्घाटन भएको काँग्रेसको विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजेदेखि शुरु हुने भएको छ ।
FACEBOOK COMMENTS