काठमाडाैं । नेपाली राष्ट्रिय यू–२३ टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् ।
न्यौपानेलाई एन्फा कार्यवाहक महासचिव दामोदर भट्टराईले एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा र मनिष जोशी, सीईओ इन्द्रमान तुलाधरलगायत अन्यको उपस्थितिमा नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।
नेपाली यू–२३ टिमले ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप क्वालिफायर्सको खेल सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ ।
यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह एचमा छ ।
FACEBOOK COMMENTS