काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।
सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिङ्गापुरले ४०.५ ओभरमा अल आउट हुदै ११३ रन बनाएको थियो ।
सिङ्गापुरका लागि रोहण अस्टिन अरुणले २३ तथा कप्तान रियान नायकले १५ रन बनाए भने पुछारका ब्याट्सम्यान आकास तेजाले १० र भेदांश गुप्ताले १२ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर अभय यादव र सुशील बहादुर रावलले ३–३ विकेट लिए भने कप्तान शुभम खनालले २ तथा विपिन शर्माले एक विकेट लिए ।
FACEBOOK COMMENTS