काठमाडौं । मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा सञ्चालन हुने १० औं राष्ट्रिय खेलकुदमा कुल ३२ वटा खेल हुने भएका छन् ।
कर्णालीको सुर्खेतमा आइतबार बसेको बैठकले ७ प्रदेश, ३ विभागीय टोली र १ गैरआवसीय नेपालीको टोलीसहित ११ टोलीले प्रतियोगितामा भाग लिन पाउने निर्णय गरेको हो ।
आइतबार विरेन्द्रनगरको कर्भड हलमा बसेको बैठकले नेपाल सरकारको भदौ २२ गतेको निर्णय अनुरुप १० औं राष्ट्रिय खेलकुदको आयोजनासम्बन्धि विभिन्न निर्णय गरेको हो ।
यस निर्णयमा १०औं राष्ट्रिय खेलकुदको सम्पूर्ण बजेट खर्च नेपाल सरकारबाट प्राप्त भएको १० औं राष्ट्रिय खेलकुद आयोजनाको बजेटबाट हुनेछ। यस प्रतियोगिता पश्चात पहिलो पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हुने निर्णय गरिएको छ ।

१० औं राष्ट्रिय खेलकुदमा हुने ३२ खेलमा एथ्लेटिक्स , कुस्ती, ब्याटमिन्टन, कबड्डी (महिला र पुरुष), बक्सिङ, कराते, बस्केटबल (महिला र पुरुष), फुल कन्ट्याक्ट कराते, शारिरिक सुगठन, आइटीएफ तेक्वान्दो, क्रिकेट (महिला र पुरुष), टेबल टेनिस, फुटबल (महिला र पुरुष), बुद्धिचाल , ह्यान्डबल (महिला र पुरुष), जुडो, खो खो (महिला र पुरुष), रग्बी (महिला र पुरुष), पौडी, तेक्वान्दो, टेनिस, भलिबल (महिला र पुरुष), आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन, हक्की (महिला र पुरुष), ई स्टोस्ट्र्स, स्वाक्स, सुटिङ, साइक्लिङ, टेनिस, आर्चरी, जिम्न्यास्टिक र सेपाकताक्रो रहेका छन् ।
