पोखरा । विभागिय टीम त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधी जितेको छ ।
१ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधी कब्जा गरेको हो । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिश्पर्धा भएको थियो । आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदक सहित ३ सय ७० पदक जितेको हो । सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो ।
६५ स्वर्ण, ७३ रजत र ८१ कास्य सहित २ सय १८ पदक जितेको शसस्त्र प्रहरी बलको एपिएफ क्लव दोश्रो भएको छ । ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदक सहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लव तेश्रो भएको छ ।
घरेलु मैदानमा गण्डकी प्रदेश चौंथो भयो । प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित १ सय २० पदक जितेको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक हात पारेर पाँचौं स्थानमा रह्यो ।
प्रदेश १ ले १० स्वर्ण सहित ८३, सुदुरपश्चिमले १० स्वर्ण सहित ६३, एनआरएनएले पनि १० स्वर्ण सहित २६ पदक पाएको छ । लुम्विनी प्रदेशले ६ स्वर्ण सहित ६८, मधेश प्रदेशले ५ स्वर्ण सहित ३९ र कर्णाली प्रदेशले २ स्वर्ण सहित १८ पदक पाएको छ ।
सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एक÷एक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन् । खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालन गरिएको थियो ।
FACEBOOK COMMENTS