काठमाडौं । कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन् । इरानले लगातार गरिरहेको आक्रमणको विषयमा पक्राउ परेका व्यक्तिहरूले गलत समाचारसम्बन्धी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरेको कतारको गृह मन्त्रालयले जानकारी दिएको छ ।
पक्राउ परेकामाथि अनुमति विना भिडियो निर्माण र प्रसारण, भ्रामक सूचना र अफवाह फैलाउने, र सार्वजनिक चिन्ता उत्पन्न गर्ने सामग्री प्रसारण गरेको आरोप छ भने उनीहरुलाई आवश्यक कानुनी र प्रशासनिक कारबाही गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पक्राउ परेका व्यक्तिहरू विभिन्न देशका नागरिक रहेको उल्लेख गरेको छ । कतारको गृह मन्त्रालयले हालको परिस्थितिसँग सम्बन्धित भिडियो बनाउने, प्रकाशित गर्ने वा अफवाह फैलाउने कार्य नगर्न र आधिकारिक स्रोतबाट जानकारी हासिल गर्न सबैलाई अपिल गरेको छ ।
FACEBOOK COMMENTS