काठमाडौं । श्रीलङ्काली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन्।
तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्छन्। दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन्।
रत्नायकेले श्रीलङ्काका लागि चार टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । त्यसमा उनले छ विकेट लिएका थिए ।