काठमाडौं ।श्रीलंका सरकारले देशमा पुनः आपतकाल घोषणा गरेको छ। सरकार विरोधी प्रदर्शनहरु चर्किरहेका बेला राष्ट्रपति गोटाबाय राजापाक्षेले देशमा पुनः आपतकालको घोषणा गरेका हुन्।
सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताएको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन् । देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए ।
श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ ।
सन् १९४८ मा स्वतन्त्रपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।
FACEBOOK COMMENTS