काठमाडौँ । श्रीलंकाले आइसीसी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा श्रीलंकाले आयरल्याण्डलाई २० रनले पराजित गरेर विजयी शुरुवात गरेको हो ।
श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछाएको आयरल्याण्डले १९।५ ओभरमा १४३ रन बनाएर अल आउट भएको थियो ।
आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४० रन बनाए भने रोस एडरले ३४ रन बनाएका थिए । त्यस्तै श्रीलंकाका बलर महीश थीक्शाना र वानिन्दु हसरंगाले ३-३ विकेट लिएका थिए भने माथीसा पाथिरानाले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले ५६ रन बनाएका थिए भने कामिन्दु मेन्डिसले ४४ रन बनाएका थिए ।
यो जितपछि अब श्रीलंकाले अर्को खेल फेब्रुअरी १२ मा ओमानविरुद्ध खेल्ने तालिका रहेको छ भने आयरल्याण्डले फेब्रुअरी ११ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

FACEBOOK COMMENTS