कोलम्बो । श्रीलङ्काले सन् २०२४ मा १६ अर्ब अमेरिकी डलरभन्दा बढीको कीर्तिमानी कुल निर्यात राजस्व हासिल गरेको छ ।
देशको निर्यात विकास बोर्ड (इडीभी) ले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कले यो वार्षिक रूपमा ७ दशमलव ०६ प्रतिशतले वृद्धि भएको देखाएको छ ।
इडीभले सन् २०२४ राजस्वले सन् २०१८ मा रेकर्ड गरिएको उच्चतम निर्यात आयलाई पार गरेको जनाएको छ । कपडा, चिया, रबर, नरिवलमा आधारित उत्पादन सन् २०२४ मा व्यापारिक वस्तुको निर्यात आम्दानी १ दशमलव ०४ अर्ब डलर पुगेको छ ।
डिसेम्बर सन् २०२४ मा सेवा निर्यात ३२२ दशमलव ९२ लाख डलर अनुमान गरिएको थियो, जुन सन् २०२३ को सोही अवधिको तुलनामा उल्लेखनीय २९ दशमलव ९६ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS