काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअनुसार सेयरधनीले प्रतिकित्ता १६ रुपैयाँ नगद लाभांश पाउनेछन्।
बैंकको सञ्चालक समितिको ४९४औँ बैठकले सेयरधनीलाई करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको सञ्चालक समितिको बैठक सोमबार दिउँसो ३:४५ बजे बसेको थियो। बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसमेत स्वीकृत गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
