काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज साँझ कार्यालय समयभित्र ऋणपत्रमा आवेदन दिइसक्नुपर्ने छ ।
बैंकले माघ २६ देखि २४ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमा १४ लाख ४० हजार कित्ता बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्नेछ भने ९ लाख ६० हजार कित्ताबाट ४८ हजार सामूहिक लगानी कोष, ९ लाख १२ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
यसको वार्षिक १०.३० प्रतिशत ब्याज रहेको छ । अवधि ५ वर्षका लागि रहेको छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटल रहेको छ ।
FACEBOOK COMMENTS