काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा मनोनयन दर्ता गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाका सचिवको कार्यकक्षमा न्यौपानेले पुर्व सभापति एवं कांग्रेस सांसद रामहरी खतिवडाको प्रस्तावमा सभापतिमा उम्मेदवारी दिएकी हुन् ।
दलीय सहमति अनुसार राज्य व्यवस्था समितिको सभापति कांग्रेसको भागमा परेकोले अब न्यौपाने सभापति हुने निश्चित भएको छ ।
उनी यसअघि संसदीय सुनुवाई समितिको सभापति रहेकोमा उनले आजै राजीनामा दिएकी थिइन् ।
यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए ।
संघीय संसद सचिवालयले समितिको सभापतिको निर्वाचनको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने समय रहेको छ ।
आजै सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका रहेको छ ।
संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको छ ।
FACEBOOK COMMENTS