काठमाडौं । इरानले आफ्नो सर्वोच्च नेताआयातोल्लाह अलि खामेनेईको मृत्युपछि राज्य सञ्चालनका लागि तीन सदस्यीय परिषद् गठन गरेको छ ।
आईआरएनए समाचार एजेन्सीले जनाएअनुसार उक्त परिषद्मा देशका राष्ट्रपति, न्यायपालिका प्रमुख (मुख्य न्यायाधीश) र गार्डियन काउन्सिलका एक प्रतिनिधि रहने छन् ।
इरानमा मसउद पेजेशकियन राष्ट्रपति तथा गोलाम होसैन मोहसेनी एजेई न्यायालय प्रमुख छन् ।
संविधानअनुसार, नयाँ सर्वोच्च नेता चयन नभएसम्म यस परिषद्ले सबै नेतृत्वसम्बन्धी जिम्मेवारीहरू अस्थायी रूपमा सम्हाल्नेछ । पूरै प्रक्रिया भने निर्वाचन योग्य ‘एसेम्ब्ली अफ एक्सपट्र्स’ नामक निकायको बैठकपछि मात्रै पूरा हुनेछ ।
FACEBOOK COMMENTS