काठमाडौं । नेपालमा चालू आर्थिक वर्ष २०८२/०८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार एक कार्यक्रममार्फत उक्त तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने जनाएको हो।
कार्यालयका अनुसार आर्थिक वृद्धिदरमा सुधार हुन अन्तरिम सरकारले गरेको प्रयास सकारात्मक रहेको उल्लेख गरिएको छ।
यस वर्ष अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। धान उत्पादन घटेतापनि विद्युत तथा ग्यासले आर्थिक वृद्धि हासिल गरेको छ।
कुन क्षेत्रमा कति आर्थिक वृद्धि?
१. विद्युत र ग्यास: २०.९३%
२. वित्तीय तथा विमासम्बन्धी सेवा: ९.१६%
३. थोक तथा खुद्रा व्यापार: ८.२१%
४. आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
५. यातायात तथा भण्डारण: ५.७९%
६. सूचना तथा सञ्चार: ५.५३%
७. प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
८. मानव स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
९. खानी तथा उत्खनन: ३.५२%
१०. पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप: ३.२७%
११. उद्योग : २.८३%
१२. घर जग्गा कारोबार सेवा: २.६९%
१३. अन्य सेवासम्बन्धी क्रियाकलाप: २.६५%
१४. निर्माण: २.३१%
१५. पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन: १.९९%
१६. शिक्षा: १.५०%
१७. कृषि, वन तथा मत्स्य: १.२८%
१८. सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%
