काठमाडौं । सार्वजनिक क्षेत्रमा नेपालकै पुरानो वाणिज्य संस्थाको रूपमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) ले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
६३औँ वार्षिकोत्सव समारोहको उपलक्ष्यमा आज संस्थाको कालिमाटीस्थित केन्द्रीय कार्यालय भवनमा रत्तलदान कार्यक्रम आयोजना गरिएको हो ।
‘रत्तदान नै जीवनदान हो’ भन्ने मान्यतामा आधारमा आयोजित सो कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । रक्तदान गरेका व्यक्तिहरूलाई संस्थाले प्रमाणपत्र प्रदान गरेको छ ।
एसटीसी नेपाल सरकारको सार्वजनिक–निजी साझेदारी (पीपीपी) ऐनअन्तर्गत स्थापित नेपालको सबैभन्दा ठूलो व्यापारिक संस्था हो । यसले नेपालमा नुन, चिनी, खाद्यान्न, कृषि सामग्री, एलपीजी ग्यास, औषधि, खाद्यतेल लगायतका उपभोग्य वस्तुहरू आयात, भण्डारण र वितरण गर्दै आएको छ ।
खासगरी आयोडिनयुक्त नुनको पहुँच विस्तारमा अग्रणी भूमिका स्थापित गरेको एसटीसीले नेपालका प्रमुख चाडपर्व मानिने दसैँ, तिहार, छठलगायतका अवसरमा सहुलियतपूर्ण पसल सञ्चालन गरी उपभोक्तालाई सहयोग पुर्याउँदै आएको छ ।
FACEBOOK COMMENTS