काठमाडौं– उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले विकास र समृद्धिको पाइला अगाडि बढाउन केन्द्रित रहने प्रतिबद्धता जनाएका छन्।
मन्त्री रिजालले सम्वत २०७९ मा संविधान र लोकतन्त्रको रक्षाका लागि जनताले दिएको अभिभारा र मतले लोकतान्त्रिक-वाम गठबन्धनको काँधमा मुलुकको जिम्मेवारी रहेको बताएका छन्।
नयाँ वर्ष २०८० सालको शुभकामना दिँदै मन्त्री रिजालले जनमतकै आधारमा बनेको लोकतान्त्रिक-वाम गठबन्धनले मुलुकको बृहत्तर विकास र जनजीविकामा सफलता पाउनु पर्ने बताए।
उनले जनताले दिएको जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरूमा रहेको समेत स्पष्ट पारे।
मन्त्री रिजालले शुभकामना सन्देशमा नयाँ वर्षको आगमनसँगै रोजगारीको अवसर सिर्जना गर्न र उद्योग विकासमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको बताएका छन्।
नेपालमा समेत विश्वव्यापीरुपमा देखिएको आर्थिक संकटको असर परेको उल्लेख गर्दै यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जनताको जीवन उकास्नका लागि आफू क्रियाशील रहने बताएका छन्।
FACEBOOK COMMENTS