काठमाडौं । धितोपत्रको खरिद वा बिक्री भएपछि आफूले प्राप्त गर्नुपर्ने धितोपत्रको वा रकम समय प्राप्त नभएमा लगानीकर्ताले तुरुन्त स्टक एक्सचेञ्जमा सम्पर्क राख्नु पर्दछ ।
यस स्थितिमा स्टक एक्सचेञ्जले सम्बन्धित दलालबाट प्रतिदिन ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क समेत असुल गरिदिन सक्दछ ।
यस्तै धितोपत्र वा रकम समयमै प्राप्त नभए बाट लगानीकर्तालाई हानी नोक्सानी भएमा धितोपत्र दलालले स्टक एक्सचेञ्जमा राखेको धरौटी रकमले भ्याएसम्म स्टक एक्सचेञ्जले लगानीकर्तालाई भुक्तानी दिनेछ । धरौटीबाट हानी नोक्सानी पूर्ति हुन नसकेमा प्रचलित ऐन अनुसार सम्बन्धित दलालबाट असुल उपर गर्न सकिनेछ ।
FACEBOOK COMMENTS