काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहीबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको ३।३२५ प्रतिशत बोनसबापतको ३ लाख ९४ हजार ३ सय ९२ कित्ता सेयर, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनसबापतको १३ लाख ८७ हजार ४ सय ९८ दशमलव ३३२८ कित्ता सेयर र निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनसबापतको ४१ लाख ७० हजार ५ सय ४७ दशमलव ५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो
FACEBOOK COMMENTS