काठमाडौं । भारतमा नियम उल्लंघन गर्ने शेयर ब्रोकरलाई भारु १० लाख जरिवाना गरिएको छ ।
सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले नियम मिच्ने एक्सिस सेक्युरिटिजमाथि भारु १० लाख जरिवाना गरेको हो । स्टक ब्रोकरको नियम मिच्नुका साथै अन्य नियामकीय प्रावधान उल्लंघन गरेकोमा जरिवाना गरिएको जनाएको छ ।
सेबीले जरिवाना गरेको रकम ४५ दिनभित्र जम्मा गर्न पनि आदेश दिएको छ।
FACEBOOK COMMENTS