काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा दुई वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । शुक्रबार जीवन विकास लघुवित्त वित्तीय संस्था र एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
जीवन विकास लघुवित्तको १४.२८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछिको मूल्य १३७० रुपैयाँ २६ पैसा कायम भएको छ ।
त्यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको छ । समायोजन पश्चात यसको मूल्य ५०९ रुपैयाँ ९ पैसा कायम भएको छ । यी कम्पनीको सेयर कारोबार आइतबार समायोजन भएको मूल्यमा कारोबार खुल्नेछ ।
FACEBOOK COMMENTS