काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १.१३ अंक घटेको छ । यससँगै बजार मापक २६०० विन्दुमा झरेको छ ।
मौद्रिक नीतिपछि बजार लगातार ओरालो लागिरहेको छ । बजार घट्दा १२० कम्पनीको सेयर मूल्य बढेको छ । १३५ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बजार घटे पनि कारोबार भने बढेको छ । अघिल्ला दिनमा पाँच अर्ब ननाघेको कारोबार शुक्रबार भने ६ अर्ब ८६ करोड पुगेको छ । एक करोड ६ लाख ६० हजार कित्ता सेयर ५३ हजार ४३२ पटकमा किनबेच भएको छ ।
आत्मनिर्भर लघुवित्त, कुमारी इक्वटी फन्ट, कलंगा हाइड्रो, सनिगाड हाइड्रो, टक्सार पिखुवा खोलालगायत कम्पनीको सेयर मूल्य उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ ६ वटा समूह बढेका छन् । बाँकी समूह घटेका छन् ।