काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४५ कम्पनिका एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० मा कारोबार भएको थियो । आज बैंकिंग, होटल्स, हाइड्रो र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो र स्वेत गंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फन्डको शेयर ७.०८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको २४ कोर्द २२ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको २४ करोड २१ लाख बराबरको कारोबार भएको छ ।