काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि साढे ८ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.५४ अंकले बढेको हो । १.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६९५.६० अंकमा उक्लिएको छ ।
बजार बढेसँगै आज सबै समूहमा हरियाली छाएको छ । बैंकिङ, होटल र अन्य समूह २ प्रतिशत भन्दा बढी बढेका छन् ।
आज ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड ९८ हजार ८ सय २३.३५ रुपियाँ बराबरको कारोबार भएको छ ।
बेनी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १५ प्रतिशतले नाफा कमाउँदा एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताहरुले सबैभन्दा बढी ३.६५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज घलेम्दी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार ५ सय ५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन सोमबार ४.३४ अंकले बजार घट्दा ४ अर्ब २४ लाख २१ हजार १ सय ६८.०७ रुपियाँ, मंगलबार ०.९४ अंकले बजार बढ्दा ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २ सय ३.०१ रुपियाँ र हिजो बुधबार ३३.२९ अंकले बजार बढ्दा ७ अर्ब ४५ करोड ६७ लाख ५४ हजार २ सय २३.६४ रुपियाँ बराबरको कारोबार भएको थियो ।
